संघीय सरकारले तलब बढाएपछि स्थानीय सरकारले घटायो, ईसीडी शिक्षक-विद्यालय कर्मचारी धर्नामा

हिमाल प्रेस २८ मंसिर २०८२ १५:१९
976
SHARES
संघीय सरकारले तलब बढाएपछि स्थानीय सरकारले घटायो, ईसीडी शिक्षक-विद्यालय कर्मचारी धर्नामा

काठमाडौँ- बराहक्षेत्र नगरका प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) हरूले स्थानीय सरकारद्वारा गरिएको तलब कटौतीको आपत्ति जनाएका छन्।

संघीय सरकारले दुई हजार रुपैयाँ बढाएको भन्दै स्थानीय तहले तलब कटौती गरेपछि प्रारम्भिक बालविकास सहजकर्ता नगर कार्यसमिति अध्यक्ष मेनुका कोर्की नेतृत्वको कार्यसमितिले आपत्ति जनाएको हो।

‘विगत लामो समयदेखि न्यून पारिश्रमिकमा काम गर्दै आएका छौं। संघीय र स्थानीय सरकारद्वारा मासिक १८ हजार रुपैयाँ तलब दिइँदै आएको थियो। यसमा संघीय सरकारले १० हजार र स्थानीय सरकारले ८ हजार दिने गर्थ्यो। संघीय सरकारले हालै २ हजार रुपैयाँ वृद्धि गरी १२ हजार बनायो तर स्थानीय सरकारले ८ हजारबाट कटौती गरी ६ हजार बनाएको छ। अहिले जम्मा १८ हजार रुपैयाँ मात्र पाउँछौं। स्थानीय तहले गरेको यो दुई हजार रुपैयाँ कटौतीमा आपत्ति छ,’ कोर्कीले भनिन्,‘हामी न्यून पारिश्रमिकमा काम गर्ने कर्मचारी हौं। ऐन कानुनअनुसार तलब र सेवासुविधा स्थानीय सरकारले व्यवस्थापन गर्नुपर्नेमा उल्टै कटौती ‍गर्‍यो। यो न्यायसंगत छैन। यसप्रति हाम्रो घोर आपत्ति छ।’

उक्त नगरले ईसीडी शिक्षकहरूको मात्र नभई विद्यालयका कर्मचारीहरूको पनि तलब कटौती गरेको छ। त्यसमा विद्यालय कर्मचारीले पनि आपत्ति जनाएका छन्। नगरका ईसीडी शिक्षक र विद्यालय कर्मचारी संयुक्त रूपमा धर्नामा छन्। माग पूरा नभएसम्म धर्ना जारी रहने उनीहरूको भनाइ छ।

प्रकाशित: २८ मंसिर २०८२ १५:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast