महाधिवेशनमा आएका कार्यकर्ता काठमाडौँ नै बसेपछि एमाले महासचिवले भने : तत्काल फर्किनू

हिमाल प्रेस ९ पुष २०८२ ७:०४ | Wednesday, December 24, 2025
44
SHARES
महाधिवेशनमा आएका कार्यकर्ता काठमाडौँ नै बसेपछि एमाले महासचिवले भने : तत्काल फर्किनू नेकपा एमालेका महासचिव शंकर पोखरेल

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले महाधिवेशनमा भाग लिन काठमाडौँ आएका नेता कार्यकर्तालाई तत्काल कार्यक्षेत्र फर्कन निर्देशन दिएका छन्।

मंगलबार प्रदेश कमिटीका र जिल्लाको सचिवालयका सदस्यहरूलाई महाधिवेशनका सन्देशका सन्दर्भमा भर्चुअल सम्बोधन गर्दै उनले काठमाडौँमै बसिरहेका नेता कार्यकर्तालाई आफ्नो कार्यक्षेत्र फर्कन निर्देशन दिएका हुन् । ‘महाधिवेशनका लागि काठमाडौँ आएर अझै यतै बसिरहनु भएका कमरेडहरू आफ्नो कार्यक्षेत्र फर्किनुहोस्’ महासचिव पोखरेलले भने ‘महाधिवेशनको सन्देश, नेतृत्व छान्न गरेको उन्नत लोकतान्त्रिक अभ्यासका बारेमा कार्यकर्तालाई बताउनुहोस् ।’

एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन मंसिर २७ गतेदेखि पुस ३ गते सम्म चलेको थियो। महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूलाई पनि उनले कार्यक्षेत्रमा नै गएर काम गर्न निर्देशन दिएका छन्। महाधिवेशनपछि बसेको पहिलो केन्द्रीय कमिटीको बैठकले केन्द्रीय सदस्यहरूको कार्य विभाजनको जिम्मा सचिवालयलाई दिएकोले विगतका कामको मूल्याङ्कनका आधारमा जिम्मेवारी दिइने भएकोले काठमाडौँमा यस्ता विषयमा नअलमलिन पनि उनले आग्रह गरे।

पार्टीले जिल्ला जिल्लामा खबरदारी सभाहरू आयोजना गरिरहेकोले त्यसको तयारी र जनता जुटाउने कार्यमा लाग्न पनि उनले मातहतका कमिटीलाई आग्रह गरेका छन्। ‘हामीले विभिन्न जिल्लामा खबरदारी सभा आयोजना गर्दैछौं । अहिले त्यसको नेतृत्व जिल्लामा रहनु भएका सिनियर केन्द्रीय सदस्यले गर्नुहुनेछ’ पोखरेलले भने, ‘प्रदेश र जिल्ला कमिटी कार्यकारी हुन् । उनीहरुले कार्यक्रम आयोजना गर्दछन्। त्यसैले कार्य विभाजन भएको छैन भनेर नअलमलिन केन्द्रीय सदस्यहरूलाई पनि आग्रह गर्दछु । ’

प्रकाशित: ९ पुष २०८२ ७:०४ | Wednesday, December 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast