बालेनसँगको सहमतिपछि रविले भने : सहमति देशलाई चाहिएको जस्तो हुनुपर्छ

हिमाल प्रेस १३ पुष २०८२ ६:३६ | Sunday, December 28, 2025
26
SHARES
बालेनसँगको सहमतिपछि रविले भने : सहमति देशलाई चाहिएको जस्तो हुनुपर्छ

काठमाडौँ- वैकल्पिक शक्ति भनिने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनबीच केही समयअघि आगामी दिनमा सहकार्य गर्ने सहमति भएको छ। आइतबार बिहानै २ जनाले सातबुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका छन्।

जसमा दुई पक्षबीच एकता भएपछि दलको नाम साविकको राष्ट्रिय स्वतन्त्र पार्टी तथा सभापति पनि लामिछाने नै रहने तर आगामी निर्वाचनमा बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने सझदारी छ।

‘पहिलो पक्ष र दोस्रो पक्षबीच बृहत् एकता भएपश्चात् स्थापित हुने राजनीतिक दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी, दलको झण्डा साविककै निलो पृष्ठभूमिको मध्य भागमा सेतो रङको गोलाकार बीचमा निलो रङको घण्टीको आकृति, दलको चुनाव चिह्न ुघण्टीु र केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहने’, ‘सहमपति पत्रमा भनिएको छ, राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने।’

यसैबीच बालेनसँग सहमतिपछि रवि लामिछानले फेसबुकमा लेखेका छन्, ‘सहमति भनेको नेताले खोजेकोजस्तो होइन, देशलाई चाहिएको जस्तो हुनुपर्छ।’

प्रकाशित: १३ पुष २०८२ ६:३६ | Sunday, December 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast