२६१ दिनपछि पार्टी कार्यालयमा रवि

हिमाल प्रेस ६ पुष २०८२ १६:०९ | Sunday, December 21, 2025
12
SHARES
२६१ दिनपछि पार्टी कार्यालयमा रवि

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने २६१ दिनपछि पार्टी कार्यालय फर्किएका छन्। यसअघि उनी २०८१ चैत २२ गते घरबाटै पक्राउ परेका थिए।

पक्राउ पर्नुअघि उनले पार्टी कार्यालयमा सम्बोधन गरेका थिए। त्यसको भोलिपल्ट चितवनमा कार्यक्रम राखिएको थियो।

तर त्यही दिन उच्च अदालत तुलसीपुर बुटवल इजलासले सहकारी ठगी र संगठित अपराधमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।

त्यसपछि थुनामा पुगेका रवि आज (आइतबार) पुन: पार्टी कार्यालय पुगेका छन्। यसअघि उनी जेनजी आन्दोलनका बेला कारागारबाट केही दिन बाहिर आए पनि उनी पार्टी कार्यालय पुगेका थिएनन्। पछि उनी आफैं नख्खु कारागार पुगेका थिए।

गत बिहीबार उच्च अदालत तुलसीपुर, बुटवल इजलासले धरौटीमा सशर्त रिहा गर्न आदेश दिएपछि लामिछाने शुक्रबार रुपन्देही पुगेर छुटपूर्जी लिएर थुनामुक्त भएका थिए।  शनिबार चितवनमा समर्थक तथा शुभचिन्तकलाई सम्बोधन गरेर काठमाडौँ फर्किएका थिए।

रविलाई धरौटीमा छाड्न उच्च अदालतले गरेका यी सर्त

प्रकाशित: ६ पुष २०८२ १६:०९ | Sunday, December 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast