विश्वविद्यालय सेवा आयोगमा पदपूर्तिका लागि विज्ञापन खुल्यो

हिमाल प्रेस २३ मंसिर २०८२ १४:००
16
SHARES
विश्वविद्यालय सेवा आयोगमा पदपूर्तिका लागि विज्ञापन खुल्यो

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विश्वविद्यालय सेवा आयोगको पदपूर्तिका लागि विज्ञापन खुलेको जानकारी गराएका छन्।

मध्यपश्चिमाञ्चल विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय तथा कृषि तथा वन विज्ञान विश्वविद्यालयको सेवा आयोगमा अध्यक्ष र सदस्य नियुक्तिसम्बन्धी पदपूर्तिका लागि विज्ञापन सार्वजनिक गरिएको मन्त्री पुनले बताए।

मन्त्री पुनले यसलाई उच्च शिक्षाको समग्र सुधार र संस्थागत क्षमता अभिवृद्धिप्रति सरकारको ध्यान रहेको संकेतका रूपमा व्याख्या गरेका छन्।

उनले योग्य, दक्ष र पारदर्शी प्रतिस्पर्धाबाट छनोट हुने विश्वास व्यक्त गर्दै विज्ञापनप्रति चासो राख्ने सबैलाई आवेदन दिन आग्रह गरेका छन्।

प्रकाशित: २३ मंसिर २०८२ १४:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast