नेपाल विश्वविद्यालयमा ‘मास्टर अफ पब्लिक पोलिसी’ मा भर्ना खुला

हिमाल प्रेस ५ पुष २०८२ २१:०६ | Saturday, December 20, 2025
नेपाल विश्वविद्यालयमा ‘मास्टर अफ पब्लिक पोलिसी’ मा भर्ना खुला सांकेतिक तस्बिर

काठमाडौँ- नेपाल विश्वविद्यालयले आफ्नो पहिलो शैक्षिक कार्यक्रमका रुपमा ‘मास्टर अफ पब्लिक पोलिसी’ मा भर्ना खुला गरेको छ।

राज्यका निकाय, निजी क्षेत्र, अन्तर्राष्ट्रिय संस्था तथा अन्य गैरसरकारी क्षेत्रलाई आवश्यक जनशक्ति तयार गर्ने उद्देश्यका साथ विश्वविद्यालयले भर्ना खोलेको हो।

विषयवस्तुको गहिरो ज्ञान, विश्लेषणात्मक दक्षता र नीति निर्माणका व्यवहारिक सीपलाई समेटेर दुईवर्षे पूर्णकालीन शैक्षिक कार्यक्रम तयार पारिएको नेपाल विश्वविद्यालयका रजिष्ट्रार सूर्यराज आचार्यले जानकारी दिए।

आचार्यका अनुसार ख्यातिप्राप्त विदेशी विश्वविद्यालयका प्राज्ञ तथा सार्वजनिक नीति क्षेत्रका विभिन्न सरोकारवाला संस्थाका प्रतिनिधिहरूको सहभागितामा यो कार्यक्रमको पाठ्यक्रम विकास गरिएको छ।

विद्यार्थी केन्द्रित पठनपाठन पद्धति र अन्य प्राज्ञिक तथा बौद्धिक गतिविधिमार्फत सार्वजनिक नीति क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका बौद्धिक नेतृत्व तयार गर्ने अपेक्षा राखिएको उनले बताएका छन्।

यो कार्यक्रम नेपाल विश्वविद्यालयका लागि पहिलो शैक्षिक कार्यक्रम भएकाले पहिलो ब्याचका लागि उल्लेख्य संख्यामा छात्रवृत्तिको व्यवस्था पनि गरिएको आचार्यले जानकारी दिए।

इच्छुक विद्यार्थी तथा यस क्षेत्रमा आफ्नो दक्षता अभिवृद्धि गर्न चाहने पेशाकर्मीहरूले आगामी माघ ८ गतेसम्म भर्नाका लागि आवेदन दिनसक्ने विश्वविद्यालयले जनाएको छ।

प्रकाशित: ५ पुष २०८२ २१:०६ | Saturday, December 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast