प्रशासनिक प्रक्रिया कछुवाको गतिभन्दा पनि सुस्त छ : शिक्षामन्त्री पुन

हिमाल प्रेस ३ पुष २०८२ १०:४७ | Thursday, December 18, 2025
20
SHARES
प्रशासनिक प्रक्रिया कछुवाको गतिभन्दा पनि सुस्त छ : शिक्षामन्त्री पुन

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यप्रणाली अत्यन्तै सुस्त र जटिल रहेको टिप्पणी गरेका छन्।

आफ्नो अनुभव सुनाउँदै मन्त्री पुनले प्रशासनिक प्रक्रिया कछुवाको गतिभन्दा पनि कम रहेको उल्लेख गरे।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमा भने,‘प्रष्टसँग सोझै भन्नुपर्दा नेपालको प्रशासनिक काम गर्ने तरिका र प्रक्रिया कछुवाको गतिभन्दा पनि धेरै नै कम रहेछ। त्यही कछुवा गतिलाई पनि कृपावादी पापी समूहहरूले बीचबीचमा अल्झ्याएर अगाडि बढ्न नदिने रहेछन्।’

मन्त्री पुनले यस्ता अवरोधका कारण देशमा सुशासन, प्रगति र समृद्धि हासिल गर्न गाह्रो भइरहेको बताए। छोटो कार्यकालमा देशको हितमा केही काम अघि बढाउने प्रयास गर्दा प्रशासनिक जटिलता र स्वार्थ समूहहरूको हस्तक्षेप ठूलो चुनौती बनेको उनले बताए।

उनले राज्यका संयन्त्रलाई जनमुखी, पारदर्शी र परिणाममुखी बनाउन संरचनागत सुधार आवश्यक रहेकोमा जोड दिए।

प्रकाशित: ३ पुष २०८२ १०:४७ | Thursday, December 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast