‘कुमारी’ को पोस्टरमा रोमान्टिक देखिए अभिषेक र आकृति

हिमाल प्रेस २८ मंसिर २०८२ १५:४४
30
SHARES
‘कुमारी’ को पोस्टरमा रोमान्टिक देखिए अभिषेक र आकृति

काठमाडौँ- प्रेमकथामा आधारित फिल्म ‘कुमारी’ को पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकार अभिषेक खड्का र आकृति राजभण्डारी रोमान्टिक अवतारमा देखिएका छन्।

फिल्म आगामी माघ २३ मा प्रदर्शन हुनेछ। फिल्मका निर्देशक दिनेश राउत हुन्। अभिषेक र आकृतिसँगै फिल्ममा घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकांक्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछानेलगायत कलाकारले अभिनय गरेका छन्।

बिनिश इन्टरटेन्मेन्ट र पिक्चर फ्रेमको सहकार्यमा बनेको फिल्मका निर्माता महेन्द्र अधिकारी हुन्।

प्रकाशित: २८ मंसिर २०८२ १५:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast