नयाँ वर्षमा फेवाताल किनारमा सडक महाेत्सव हुने

हिमाल प्रेस १८ मंसिर २०८२ १०:४०
8
SHARES
नयाँ वर्षमा फेवाताल किनारमा सडक महाेत्सव हुने

पाेखरा- पर्यटकीय नगरी पाेखरामा अंग्रेजी नयाँ वर्षको अवसरमा लेकसाइडमा यसपालि पनि पाेखरा सडक महाेत्सव हुने भएको छ। रेवान पाेखराकाे आयाेजनामा आगामी १३ देखि १७ पुससम्म २७ औं संस्करणकाे पाेखरा सडक महाेत्सव हुने भएको हाे।

आयाेजकले बिहीबार पत्रकार सम्मेलनमा रेवान अध्यक्ष भीष्मराज पाैडेलले याे महाेत्सव पाेखराकाे ब्रान्डकाे रूपमा स्थापित भएकाे दाबी गरे।

फेवाताल किनारमा साढे ३ किमी सडकका यातायात आवागमन राेकेर संचालन हुने पाँचदिने महाेत्सवकाे मूल उद्देश्य आन्तरिक एवं बाह्य पर्यटन प्रवर्धन रहेकाे उनले बताए।

सडकमै खाऔं, सडकमै नाचाैं, सडकमै रमाऔं भन्ने नाराका साथ हुने महाेत्सवमा विभिन्न खानाका परिकार, लाइभ कन्सर्ट, लाेपाेन्मुख झाँकी, माैलिक भेषभूषा, परम्परागत नृत्य, खेलकुद गतिविधि, टक शाे, पाेखराकाे साैन्दर्य झल्काउने वृत्तचित्र प्रदर्शनी, फाेटाे प्रदर्शनी लगायत मुख्य आकर्षण रहेकाे महाेत्सव संयाेजक वसन्त गाैतमले बताए।

प्रकाशित: १८ मंसिर २०८२ १०:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast