‘शिरजरा : सङ अफ ग्रान्डमदर’ नामक फिल्म बन्ने

हिमाल प्रेस २ पुष २०८२ ११:१३
10
SHARES
‘शिरजरा : सङ अफ ग्रान्डमदर’ नामक फिल्म बन्ने

काठमाडौँ- ‘शिरजराः सङ अफ ग्रान्डमदर’ नामक फिल्म बन्ने भएको छ। फिल्म नेपाल, अमेरिका र पोल्यान्डकाे संयुक्त निर्माणमा बन्न लागेको हो।

निर्माणमा नेपालको किङ्गडम नेटवर्क, अमेरिकाको फ्याक्चर एलएलसी र पोल्याण्डको फिक्जा फिल्मस्ले सहकार्य गर्न लागेका हुन्।

फिल्ममा विकास सुवेदीको लेखन तथा निर्देशन रहनेछ। निर्माण टिमले फिल्म मेटा-मोर्डन फिलोसोफिकल ड्रामा जनरामा बन्ने बताएका छन्।

अहिले प्रि-प्रोडक्सनको काम भइरहेको र आगामी माघदेखि फिल्मको छायांकन सुरु गरिने तयारी भइरहेकेको टिमले जनाएको छ।

फिल्ममा सुवास भुसाल (नेपाल) को लगानी रहनेछ। फिल्ममा कलाकार तथा प्राविधिकबारे केही दिनमा सार्वजनिक गरिने निर्माता भुसालले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast