काठमाडौँ– नेपाल–चीन कूटनीतिक सम्बन्धको ७० औँ वार्षिकोत्सवका अवसरमा छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छन्दुस्थित नेपाली महावाणिज्यदूतावासले जनाएको छ।
त्यस क्रममा नेपाली चिया, कफी, फेल्ट, पश्मिना, धूप, सिङिङ बाउल, थान्कालगायतका नेपाली उत्पादनहरूको प्रदर्शनी गरिएको थियो।
सांस्कृतिक आदानप्रदानअन्तर्गत चिनियाँ परम्परागत वाद्ययन्त्र ‘गुछिन’ को वादन तथा नेपाली विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूद्वारा परम्परागत नृत्यहरू प्रदर्शन गरिएका थिए।
महावाणिज्यदूतावासको संयोजनमा भएका ती कार्यक्रममा छोङछिङ युझोङ जिल्ला सरकार, छोङछिङ नगरपालिका र नेपाल पर्यटन बोर्डका पदाधिकारीलगातय ५० जना सहभागी थिए।
प्रकाशित: २७ मंसिर २०८२ १५:१० | Saturday, December 13, 2025
प्रतिक्रिया




