फाइल तस्बिर
तनहुँ- तनहुँमा ७१ हजारभन्दा बढी पशुको बिमा गरिएको छ। जिल्लास्थित कृषकले पालेका ७१ हजार २१८ पशुको बिमा गरिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ।
पशुपालनतर्फ कृषकको आकर्षण बढ्दै गएपछि कृषकह पशु बिमातर्फ सचेत भएको केन्द्र प्रमुख रविनसन अधिकारीले जानकारी दिए। उनका अनुसार सबैभन्दा बढी कुखुराको बिमा ५९ हजार ९५९ कुखुराको गरिएको छ।
१ हजार ७४२ गाई, ७४० भैँसी, एक हजार ५८१ बाख्रा, ६९६ बंगुर, छ हजार ५०० माछाको बिमा गरिएको छ। बिमा गरिएको पशुको मूल्य २९ करोड ७५ लाख ४० हजार रहेको छ। गाइको १५ करोड ६७ लाख ८० हजार, भैँसीको छ करोड ६६ लाख, बाख्राको एक करोड ५८ लाख दश हजार, बंगुरको एक करोड ७४ लाख, कुखुराको चार करोड ४३ लाख छ हजार, माछाको ५१ लाख चार हजार मूल्य रहेको छ।
बिमा गरिएकोमध्ये गाईमा १५ लाख ६७ हजार कृषकले बेहोरेका छन्। यस्तै भैँसीमा छ लाख ६६ हजार, बाख्रामा एक लाख ५८ हजार, बंगुरमा एक लाख ७४ हजार, कुखुरामा तीन लाख ४४ हजार, माछामा आठ हजार कृषकले बेहोरेका छन् ।
तनहुँमा ४९ हजार ७४२ गाई, ५३ हजार ३८३ भैँसी, तीन लाख ८८ हजार १७६ बाख्रा, ७२३ भेडा, सुँगुर बुङ्गुर ४६ हजार ८१३, कुखुरा नौ लाख ९८ हजार ९३६, हाँसको संख्या ११ हजार ९८७ रहेको कार्यालयले जननाएको छ । दुधालु गाइको संख्या १३ हजार ९४२, दुधालु भैँसीको संख्या २१ हजार ५०३ रहेको छ । रासस




