कोशीमा एक महिनामा ५८१ दुर्घटना, ३२ जनाको मृत्यु

हिमाल प्रेस २ पुष २०८२ २०:२१ | Wednesday, December 17, 2025
34
SHARES
कोशीमा एक महिनामा ५८१ दुर्घटना, ३२ जनाको मृत्यु

इटहरी- कोशी प्रदेशमा सवारी दुर्घटनाको मुख्य कारण चालकको लापरबाही देखिएको छ। ट्राफिक प्रहरीले मंसिर महिनामा गरेको विश्लेषणअनुसार १४ जिल्लामा ५८१ दुर्घटना हुँदा ३२ जनाको मृत्यु र ९७९ जना घाइते भएका छन्।

दुर्घटनामा परेका ८६२ सवारीमध्ये ८० प्रतिशत (४६५) चालकको लापरबाहीका कारण भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले जनाएको छ। तीव्र गतिका कारण मात्रै २४७ (४२.५) दुर्घटना भएका छन्। चालक असक्षमता, नियम उल्लंघन, मापसे, गलत ओभरटेक र निद्राका कारणसमेत दुर्घटना भएको छ।

ट्राफिक प्रहरीका अनुसार मंसिरमा ८ हजार ३३८ सवारी कारबाहीमा परेका छन्। जरिबानाबाट ८४ लाख ४४ हजार रुपैयाँ राजस्व संकलन भएको छ। मापसेका ४५३ सवारी कारबाहीमा पर्दा २ लाख ३७ हजार ५ सय रुपैयाँ उठेको छ।

सवारी दुर्घटना न्यूनीकरणका लागि चेकजाँच र सचेतना अभियान तीव्र पारिएको प्रवक्ता एवं डीएसपी सन्तोष श्रेष्ठले जानकारी दिए। उनका अनुसार मंसिरमा १ हजार ३ सय ९३ सचेतनामूलक कार्यक्रम गर्दा २४ हजारभन्दा बढी सहभागी भएका छन्।

प्रकाशित: २ पुष २०८२ २०:२१ | Wednesday, December 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast