ललितपुर- शिक्षक हित साकोस ललितपुरको १७औँ वार्षिक साधारणसभा ललितपुरमा सम्पन्न भएको छ। साधारणसभाले अध्यक्ष शुक्र थापा, कोषाध्यक्ष रमेश कुमार रिजाल तथा लेखा सुपरिवेक्षण समितिका संयोजक जनार्दन आचार्यले प्रस्तुत वार्षिक प्रतिवेदन सर्वसम्मतिले अनुमोदन गरेको जनाएको छ।
संस्थाका ज्येष्ठ सेयर सदस्य देवेन्द्रबहादुर प्रधानको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभाले आगामी चार वर्षका लागि नयाँ सञ्चालक समितिको चयन समेत गरेको छ।
निर्वाचन समिति संयोजक गोपालप्रसाद घिमिरेका अनुसार नयाँ नेतृत्वमा अध्यक्षमा शुक्र थापा (हरिसिद्धि मावि), उपाध्यक्ष गिरीप्रसाद तिमल्सिना (बज्रबाराही मावि), सचिव सुरेन्द्रकुमार घिमिरे (प्रभात मावि), कोषाध्यक्ष रमेश कुमार रिजाल (रुद्रायणी मावि) चयन भएका छन्।
सञ्चालक सदस्यमा देवीप्रसाद दुलाल (प्रभात मावि), ईश्वर सञ्जेल (नारायणी मावि), मन्जु लामा (सिस्नेरी मावि), कविता श्रेष्ठ (पाटन मावि) र सानुमाया लो (सरस्वती आवि) निर्वाचित भएका छन्।
त्यस्तै, लेखा सुपरिवेक्षण समितिमा संयोजक रमेश ज्ञवाली (महेन्द्र भृकुटी मावि), सदस्यहरू रामचन्द्र सुवेदी (किटिनी मावि) र मोदनाथ लम्साल (जन उदय मावि) चयन गरिएको छ।
सन् २०६५ मंसिर ५ गते स्थापना भएको शिक्षक हित साकोसमा १,९३८ सेयर सदस्य रहेको र सहकारीले हालकरिब ७५ करोड रूपैयाँ बराबरको कारोबार गरिरहेको जानकारी दिइएको छ।
कार्यक्रममा माध्यमिक शिक्षा परीक्षा र कक्षा १२ मा उत्कृष्ट हुने विद्यार्थी तथा उच्च शिक्षा (एमफिल) उत्तीर्ण गर्ने सेयर सदस्यलाई सम्मान गरिएको थियो।
नेपाल राष्ट्रिय शिक्षक संगठनका पूर्वअध्यक्ष बाबुराम थापाले सहकारीले शिक्षाकर्मीको आर्थिक सबलीकरणसँगै ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानमा योगदान पुर्याउन सक्ने धारणा व्यक्त गरे।
कार्यक्रममा धन्यवाद मन्तव्य राख्दै नेपाल राष्ट्रिय शिक्षक संगठन ललितपुरका अध्यक्ष देवीप्रसाद दुलालले शिक्षकको आर्थिक विकास नै सहकारीको उद्देश्य र सहकारीको संरक्षण संगठनको जिम्मेवारी रहेको बताए।



