युके पठाउने भन्दै ५२ लाख ठगी

हिमाल प्रेस २ पुष २०८२ १२:०५ | Wednesday, December 17, 2025
14
SHARES
युके पठाउने भन्दै ५२ लाख ठगी प्रतिनिधिमूलक तस्बिर।

काठमाडौँ- वैदेशिक रोजगारीका लागि (बेलायत) युके पठाउने भन्दै रु ५२ लाख ठगी गरेको अभियोगमा नेपाल प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पोखरा महानगरपालिका-१५ घर भई हाल काठमाडौँ महानगरपालिका-१२ बस्ने ५० वर्षीय लालबहादुर बराइली पक्राउ परेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

कार्यालयका प्रवक्ता काजीकुमार आचार्यका अनुसार बराइलीले एक जना पीडितलाई रोजगारीका लागि युके लैजाने भन्दै रु ५२ लाख रकम लिई लामो समयसम्म झुक्याएर राखी युके नपठाई सम्पर्कविहीन भएका उजुरीका आधारमा निजलाई पक्राउ गरिएको हो।

पक्राउ परेका बराइलीलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता आचार्यले बताए।

रोजगारीका लागि विदेश पठाउने नाममा ठगी गर्ने क्रम बढेकाले त्यसतर्फ सचेत रहन प्रहरीले सबैमा आग्रह गरेको छ।

प्रकाशित: २ पुष २०८२ १२:०५ | Wednesday, December 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast