झापामा पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता

हिमाल प्रेस ४ पुष २०८२ ७:०० | Friday, December 19, 2025
12
SHARES
झापामा पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता

झापा- चालु आर्थिक वर्ष २०८२/८३ को मंसिर मसान्तसम्ममा झापामा चार सय ९६ वटा नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन्।

घरेलु तथा साना उद्योग कार्यालय झापाका सूचना अधिकारी जानकी भट्टराईका अनुसार उक्त अवधिमा कार्यालयमा उद्ययोगतर्फ दुई सय ४३ र वाणिज्यतर्फ दुई सय ५३ फर्म दर्ता भएका हुन्।

सोही अवधिमा जिल्लामा उद्योगतर्फ पाँच सय र वाणिज्यतर्फ चार सय ७९ उद्योग नवीकरण गरिएको उनले जानकारी दिइन्।

सूचना अधिकारी भट्टराईका अनुसार जिल्लामा चालु आवको पहिलो पाँच महिनामा उद्योगतर्फ एक सय आठ र वाणिज्यतर्फ ७७ उद्योग खारेज हुँदा १२ उद्योगको ठाउँसारी, २८ उद्योग नामसारी, १८ उद्योगको नाम परिवर्तन तथा ३६ उद्योगले उद्देश्य थपेका छन्।

कार्यालयमा आएर उद्योग बन्द गराउनेको संख्या कम रहे पनि नवीकरण नभएका अधिकांश उद्योग बन्द भइसकेका सूचना अधिकारी भट्टराईले बताइन्।

विभिन्न कारणले उद्योग बन्द हुनेको संख्याभन्दा नयाँ थपिनेको संख्या बढ्दै गएको सूचना अधिकारी भट्टराईको भनाइ छ।

उनका अनुसार कार्यालयले चालु आवको पाँच महिनामा विभिन्न शीर्षकमा रु ८८ लाख ८५ हजार ६०० राजस्व संकलन गरेको छ।

प्रकाशित: ४ पुष २०८२ ७:०० | Friday, December 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast