चितवनमा थपिए ३४ मतदान केन्द्र

हिमाल प्रेस १५ पुष २०८२ १४:०७ | Tuesday, December 30, 2025
18
SHARES
चितवनमा थपिए ३४ मतदान केन्द्र

चितवन- प्रतिनिधिसभा निर्वाचन-२०८२ का लागि जिल्लामा ३४ मतदान केन्द्र थपिएका छन्। प्रतिनिधिसभा निर्वाचन २०७९ मा भन्दा अहिले हुन लागेको निर्वाचनमा मतदाता थपिएसँगै जिल्लामा मतदान केन्द्र थप भएका हुन्।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार गत निर्वाचनमा जिल्लामा ४६० मतदान केन्द्र रहेकामा आगामी फागुन २१ गते हुने निर्वाचनमा ४९४ केन्द्र कायम गरिएको छ। त्यसमा क्षेत्र नम्बर १ मा १६८, क्षेत्र नम्बर २ मा १५२ र क्षेत्र नम्बर ३ मा १७४ मतदान केन्द्र कायम गरिएको छ।

उनका अनुसार मतदानस्थल भने थप भएका छैनन्। गत निर्वाचनमा कायम रहेका १६२ मतदानस्थल नै कायम गरी केन्द्र थप गरिएको उनले जानकारी दिए। उनले भने,‘मतदान केन्द्र थपिएका छन्, स्थल भने पहिलाको नै हो।’

क्षेत्र नम्बर १ मा ५६, क्षेत्र नम्बर २ मा ४३ र क्षेत्र नम्बर ३ मा ६३ मतदानस्थल रहेको उनले जानकारी दिए। यस वर्षको प्रतिनिधिसभा निर्वाचनमा जिल्लामा चार लाख ४२ हजार ८२ मतदाता रहेका छन्। प्रतिनिधिसभा निर्वाचन २०७९ मा जिल्लामा चार लाख आठ हजार ३४२ मतदाता रहेका थिए।

उनले ३३ हजार ७४० जना मतदाता थपिएको बताए। क्षेत्र नम्बर १ मा एक लाख ४९ हजार ६२१, क्षेत्र नम्बर २ मा एक लाख ३७ हजार १५२ र क्षेत्र नम्बर ३ मा एक लाख ५५ हजार ३०९ मतदाता कायम भएको उनले बताए।

प्रकाशित: १५ पुष २०८२ १४:०७ | Tuesday, December 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast