१३ औँ नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आजदेखि सुरु

हिमाल प्रेस २५ मंसिर २०८२ १२:४६ | Thursday, December 11, 2025
32
SHARES
१३ औँ नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आजदेखि सुरु

काठमाडौँ- १३ औँ नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आजदेखि सुरू भएकाे छ। ‘बाल अधिकार’ भन्ने नाराका साथ महोत्सव काठमाडौँमा सुरु भएको हो

महोत्सव यही  २९ मंसिरसम्म चलचित्र विकास बोर्डको सभाहल र पर्यटन बोर्डको सभाहलमा सञ्चालन हुने महोत्सव निर्देशक पाण्डव खत्रीले जानकारी दिए।

‘हामीले २६ देशका ५० फिल्म प्रदर्शन गर्दैछौँ। महोत्सवमा छानिएका धेरैजसो फिल्मले कान्स, बर्लिनाले, भेनिस र बुसानजस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय महोत्सव सहभागिता जनाइसकेको छ’, उनले भने। उनले महोत्सवमा देखाइने फिल्मले मानवअधिकारका विषयलाई सहज र सरल रूपमा दर्शकसम्म पुर्‍याउने बताए।

‘कान्स फिल्म फेस्टिभल २०२५’ अन्तर्गत ‘पाल्मे डी ओर’ (लघु चलचित्र) विजेता ‘आई एम ग्ल्याड यु आर डेड नाउ’, सोही महोत्सवमा पहिलोपटक प्रदर्शनी गरिएको ‘नाभी लीली’, बजिका भाषामा बनेको पहिलो ‘फिचर’ फिल्म ‘आजुर’ लगायतका फिल्म महोत्सवको आकर्षण रहेको महोत्सव निर्देशक खत्रीले बताए।

महोत्सवमा निर्देशक, निर्माता, कलाकार तथा मानवअधिकारकर्मीको उपस्थितिमा समूहगत छलफल, फोटो प्रदर्शनी, लाइभ पेन्टिङलगायत विभिन्न कार्यक्रम हुने आयोजकले जनाएको छ।

प्रकाशित: २५ मंसिर २०८२ १२:४६ | Thursday, December 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast