बंगलादेशमा चुनावकै दिन जनमत संग्रह गर्ने युुनुसको घोषणा

हिमाल प्रेस २७ कार्तिक २०८२ १६:५०
20
SHARES
बंगलादेशमा चुनावकै दिन जनमत संग्रह गर्ने युुनुसको घोषणा बंगलादेशका अन्तरिम प्रधानमन्त्री मोहम्मद युनुस। फाइल तस्बिर : एएफपी/रासस

काठमाडौँ- बंगलादेशको अन्तरिम सरकारले आगामी संसदीय चुनावकै दिन जनमत संग्रह गर्ने घोषणा गरेको छ। बंगलादेशको अन्तरिम सरकार प्रमुख प्रोफेसर मोहम्मद युनुसले बिहीबार राष्ट्रका नाममा सन्देश दिँदै यस्तो घोषणा गरेका हुन्।

गत वर्ष विद्यार्थीहरूको नेतृत्वमा भएको आन्दोलनपछि तयार पारिएको ‘जुलाई चार्टर’ कार्यान्वयनका लागि यो जनमत संग्रह गरिने भएको हो।

युनुसका अनुसार संसदीय चुनाव फेब्रुअरीमा हुनेछ र त्यही दिन जनमत संग्रह पनि गरिनेछ। ‘जनमत संग्रहको क्रममा मतपत्रसँगै मतदातालाई चार प्रश्नहरू सोधिनेछन्, जसको उत्तर हो वा होइनमा दिनुपर्नेछ,’ उनले भने।

धेरै मतदाताले ‘हो’ को पक्षमा मतदान गरे, बंगलादेशमा संवैधानिक सुधार परिषद् गठन गरिनेछ, जसले संविधान संशोधनको काम गर्नेछ।

‘जुलाई चार्टर’ को उद्देश्य देशको राजनीतिक र संस्थागत संरचनामा सुधार ल्याउने हो। समाचार संस्था रोयटर्सका अनुसार गत अक्टोबरमा बंगलादेशका अधिकांश राजनीतिक दलहरूले यो चार्टरमा हस्ताक्षर गरेका थिए।

तर, गत वर्षको आन्दोलनका नेताहरू र चार वामपन्थी दलहरूले गठन गरेको नेशनल सिटिजन्स पार्टी (एनसीपी) ले भने यसको बहिष्कार गरेको थियो।

प्रकाशित: २७ कार्तिक २०८२ १६:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast