एकीकृत समाजवादीका पार्टी अध्यक्ष-महासचिवलगायतलाई समाहित हुन योगेश भट्टराईको आग्रह

हिमाल प्रेस १९ कार्तिक २०८२ ९:४१
18
SHARES
एकीकृत समाजवादीका पार्टी अध्यक्ष-महासचिवलगायतलाई समाहित हुन योगेश भट्टराईको आग्रह

काठमाडौँ- नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेमा समाहित हुने तयारीमा रहेका नेकपा एकीकृत समाजवादीका नेताहरूलाई आफूहरू स्वागत गर्न तयार रहेको बताएका छन् ।

उनले भनेका छन्, ‘पार्टी अध्यक्ष, महासचिवलगायत हामी सबैले यहाँहरूलाई नेकपा एमालेमा समाहित हुन आह्वान गरिसकेका छौँ। तपाईंहरूलाई स्वागत गर्न हामी तयार छौँ।’

जनताको बहुदलीय जनवादप्रतिको प्रतिबद्धता नै एकताको मुख्य आधार भएको उनले उल्लेख गरेका छन् । उनले भने, ‘नीति र नेतृत्व स्वीकार गर्नु पर्ने सर्त पनि सुनियो । नीति र नेतृत्वलाई अस्वीकार गरेर सहकार्य कसरी हुन्छ र? यो भनिरहनु पर्ने विषय नै होइन। जबज हाम्रो सिद्धान्त हो, नीति हो । तपाईँ हाम्रो साझा प्रयत्नले यसलाई थप परिष्कृत र समृद्ध बनाउने हो।’

भट्टराईले थप भनेका छन्, ‘प्रतिस्पर्धाबाट छानिएको नेतृत्व हाम्रो एकताको आधार हो। पार्टीको ११ औ महाधिवेशनको मिति घोषित छ। महाधिवेशन पूर्व नीति र नेतृत्वको बहस गर्ने वैधानिक अभ्यास पाँचौँ महाधिवेशनबाटै स्थापित गरिएको छ। यो पार्टी जीवनको लोकतान्त्रीकरणको महत्त्वपूर्ण आयाम पनि हो। अमुक नेतालाई जिताऊनै पर्ने पूर्व सर्त स्वीकार गर्ने या नगर्ने यो यहाँहरूकै विवेकको विषय हो। तर एमालेमा समाहित हुनु कुनै सर्तभन्दा पनि माथिको महत्वको सवाल हो । एमालेमा तपाईँहरूको सहभागिताबाट कुन नेतालाई फाइदा हुन्छ या हुन्न? कुन नेताले जित्छ या हार्छ? यो गौण हो। हामी चाहन्छौ हाम्रो सहकार्यले नेपाल राष्ट्रले जित्नु पर्छ, नेपाली जानताले जित्नु पर्छ र नेकपा एमालेले जित्नुपर्छ। त्यसका खातिर हामी हजार पटक हार्न तयार छौँ।’

प्रकाशित: १९ कार्तिक २०८२ ९:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast