कटहरीबाट कोशी प्रदेशसभा सचिवालयको काम सुरु

हिमाल प्रेस २६ कार्तिक २०८२ १९:४६ | Wednesday, November 12, 2025
8
SHARES
कटहरीबाट कोशी प्रदेशसभा सचिवालयको काम सुरु

इटहरी- कोशी प्रदेशसभा सचिवालय मोरङको कटहरीमा सरेको छ। कटहरीस्थित फलफूल तथा कृषि थोक बजारबाट प्रदेशसभा सचिवालय सञ्चालनमा आएको हो। २४ भदौमा जेनजी आन्दोलनका कारण कोशी प्रदेश सभा भवन ध्वस्त भएपछि कटहरी गाउँपालिकाको कृषि बजार भवनमा बुधबार सरेको छ।

आन्दोलनपछि विराटनगरकै वीरेन्द्र सभागृहलाई प्रयोग गर्ने तयारी भए पनि अवलोकनपछि त्यो स्थान प्रयोगका लागि योग्य ठहर नहुने देखिएपछि बैठक र सचिवालय दुवै कटहरीस्थित कृषि भवन परिसरमा सार्ने निर्णय गरिएको थियो।

सभामुख अम्बरबहादुर विष्टको अध्यक्षतामा बसेको सचिवालय व्यवस्थापन तथा सञ्चालन समितिको बैठकले यस्तो निर्णय गरेको हो। कोशी प्रदेश सभाको सातौं अधिवेशन गत असोज १० गते अन्त्य भएको थियो।

प्रकाशित: २६ कार्तिक २०८२ १९:४६ | Wednesday, November 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast