आफ्नै क्षेत्रको नगर अधिवेशनमा तोसिमा किन अनुपस्थित?

हिमाल प्रेस २८ कार्तिक २०८२ १७:१३
14
SHARES
आफ्नै क्षेत्रको नगर अधिवेशनमा तोसिमा किन अनुपस्थित?

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शनिबार ललितपुरको गोदावरी नगर अधिवेशन गर्ने भएको छ। तर सो अधिवेशनमा भने ललितपुर क्षेत्र नं. ३ बाट निर्वाचित भएकी पूर्व सांसद डा. तोसिमा कार्की भने अनुपस्थित रहने भएकी छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीले सार्वजनिक गरेको पोस्टरमा प्रमुख अतिथि पूर्व सांसद विराजभक्त श्रेष्ठ, विशेष अतिथि पूर्वसांसद सोविता गौतम, केन्द्रीय सदस्य दीपक बोहोरा र बागमती प्रदेश सभापति डा. अच्युतम लामिछाने छन्।

पूर्वसांसद कार्कीले केही समयदेखि पार्टी रिफर्मेसनको मुद्दा उठाइरहेकी छन्। उनले रास्वपाको कामकारबाहीको विषयलाई लिएर नेतृत्वसँग असन्तुष्टि पोखिरहेकी छन्।

यसैबेला ललितपुरमै हुन लागेको नगर अधिवेशनमा उनको उपस्थिति नहुने भएपछि विभिन्न अड्कलबाजी सुरु भएको छ। उनी ललितपुरमा हुने प्राय: कार्यक्रमहरू छुटाउँदिनन् । यसै विषयमा सम्पर्क गर्न खोज्दा कार्कीले फोन उठाइनन्।

ललितपुरका रास्वपा सभापति बुद्धरत्न महर्जनले भने काठमाडौँ उपत्यका बाहिर जानुपर्ने भएको भन्दै कार्यक्रममा आउन नभ्याउने कार्कीले जानकारी गराएको बताए। ‘उहाँले (कार्की) आफू उपत्यका बाहिर जानुपर्ने भएकाले आउन नभ्याउने जानकारी गराउनुभएको छ,’ उनले भने, ‘अड्कलबाजी भएजस्तो उहाँले पार्टी छोड्नु हुँदैन। उहाँले जस्तो अवस्थामा भए पनि पार्टी छोड्दिनँ भनेर हामीसँग वाचा गर्नु भएको छ।’

प्रकाशित: २८ कार्तिक २०८२ १७:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast