विद्यालय कर्मचारीको राष्ट्रिय परिषद् किन?

हिमाल प्रेस ९ मंसिर २०८२ १५:५४ | Tuesday, November 25, 2025
148
SHARES
विद्यालय कर्मचारीको राष्ट्रिय परिषद् किन? अध्यक्ष गंगाराम तिवारी।

काठमाडौँ- नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले यही मंसिर १२ र १३ गते राष्ट्रिय परिषद् गर्ने भएको छ।

राष्ट्रिय समिति अध्यक्ष गंगाराम तिवारीका अनुसार परिषद्को उद्देश्य संगठनका वार्षिक गतिविधिको समग्र मूल्यांकन गर्नु, हालसम्म सम्पन्न कार्यहरूको विवरण प्रस्तुत गर्नु तथा आगामी दिनका लागि स्पष्ट रणनीति तय गर्नु रहेको छ।

विद्यालय कर्मचारीका पेसागत समस्या दीर्घकालीन रूपमै समाधानका लागि ठोस रणनीति निर्माण, संगठनको मर्मअनुसार सञ्चालन भइरहेका गतिविधिबारे गहन छलफल तथा सुधारका उपाय पहिचान गर्नु परिषद्को प्राथमिक एजेन्डामा पर्नेछ।

त्यसैगरी, परिषद्का सबै निष्कर्ष र आगामी कार्ययोजनालाई समेटेर ‘काठमाडौँ घोषणापत्र-२०८२’ सार्वजनिक गरिने अध्यक्ष तिवारीले जानकारी दिए।

लामो समयदेखि विद्यालय कर्मचारीहरूले एकद्वार प्रणालीबाट तलबभत्ता, पेसागत स्थायित्व, पेन्सनलगायत माग गर्दै आएका छन्।

प्रकाशित: ९ मंसिर २०८२ १५:५४ | Tuesday, November 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast