काठमाडौँ- राप्रपामा अध्यक्ष राजेन्द्र लिङ्देनको शैलीप्रति असन्तुष्ट पक्षले पार्टी सुधारका लागि ४ बुँदे प्रस्ताव र कार्यसूची अघि सारेको छ। आज बालुवाटारस्थित नेपाल नेपाल हाउसमा बसेको इतरपक्षको बैठकले चार बुँदे प्रस्ताव पारित गरेको हो।
महामन्त्री धवलशमशेर राणाको अगुवाइमा बसेको बैठकले आगामी केन्द्रीय समिति बैठकमामहाधिवेशनको मिति तोक्ने, विधानविपरीत भएका निलम्वन, निष्कासन र कारवाही सम्बन्धी निर्णयहरु फिर्ता गर्ने, निष्पक्ष र सरल रुपमा महाधिवेशन सम्पन्न गर्न निर्वाचन समिति र पर्यवेक्षकको टोलीमा सन्तुलन कायम गर्ने, सदस्यहरु थप्ने र प्रभावकारी पार्टी संचालनका लागि दुई पूर्वअध्यक्ष सहितको विवाद समाधान समिति गठन गर्ने तय भएको छ।


 
 
                            प्रकाशित: १८ कार्तिक  २०८२ १३:१८ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             
                                             

