मतदाता नामावलीमा नाम दर्ता गराउँदै शिक्षामन्त्रीले भने- अबको सरकार जेनजी पुस्ताको

हिमाल प्रेस १८ कार्तिक २०८२ १४:०४ | Tuesday, November 4, 2025
32
SHARES
मतदाता नामावलीमा नाम दर्ता गराउँदै शिक्षामन्त्रीले भने- अबको सरकार जेनजी पुस्ताको

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले अबको नेतृत्व नयाँ पुस्ताले लिनुपर्ने बताएका छन्। बुढो पुस्ताले देशलाई समृद्ध बनाउन असफल भएको भन्दै उनले सामाजिक सञ्जालमार्फत जेनजी पुस्तालाई सक्रिय राजनीतिक सहभागिताको आह्वान गरेका छन्।

बानेश्वरमा गएर मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएपछि उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘१८ वर्ष पुगेका जेनजी पुस्ताका सम्पूर्ण भाइबहिनीहरूलाई अल्छी नगरी आगामी फागुन २१ गते हुने आमनिर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न हार्दिक अनुरोध गर्दछु।’

उनले थप लेखेका छन्,‘अब आउने सरकार जेनजी पुस्ताको बन्नुपर्छ। भगवान् कसम, बुढो पुस्ताले देशलाई समृद्ध बनाउन सक्दैन। एक पटक होइन, दुई पटक होइन, तीन पटक पनि होइन, कहिल्यै सक्दैन। यो कुरा समयान्तरमा ध्रुव सत्य साबित भइसकेको छ।’

पुनले युवापुस्तालाई मतदाता सूचीमा नाम लेखाउन र आगामी चुनावमा सहभागिता जनाउन आग्रह गर्दै देश परिवर्तनको जिम्मेवारी अब नयाँ पुस्ताले लिनुपर्ने समय आएको बताएका छन्।

प्रकाशित: १८ कार्तिक २०८२ १४:०४ | Tuesday, November 4, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast