बारामा जेनजी र एमाले कार्यकर्ताबीच झडपपछि गृह मन्त्रालयले के भन्यो?

हिमाल प्रेस ३ मंसिर २०८२ १३:२९ | Wednesday, November 19, 2025
88
SHARES
बारामा जेनजी र एमाले कार्यकर्ताबीच झडपपछि गृह मन्त्रालयले के भन्यो? गृह मन्त्रालय

काठमाडौँ- जेनजी युवाद्वारा बारामा आज गरिएको प्रदर्शनपछि मुलुकमा उत्पन्न हुनसक्ने सम्भावित उच्छृङ्खल गतिविधि तथा सुरक्षासम्बन्धी समस्यालाई ध्यानमा राख्दै गृह मन्त्रालयले ‘सहायता कक्ष स्थापना गरेको छ।

मन्त्रालयका अनुसार समस्या परेमा वा कुनै घटनाको जानकारी गराउन ९८५१३६०६०३ नम्बरमा फोन, एसएमएस, ह्वाट्सएप वा भाइबरमार्फत सम्पर्क गर्न सकिनेछ।

गृह मन्त्रालयका सहायक प्रवक्ता तथा सूचना अधिकारी रविन्द्र आचार्यले जारी गरेको सूचनाअनुसार जनताबाट प्राप्त गुनासो, सल्लाह र सूचना तत्काल सम्बोधन गरिनेछ।

सिमरा विमानस्थल क्षेत्र आसपासमा जेनजी युवा र नेकपा एमाले कार्यकर्ताबीच प्रदर्शन तथा झडप भएपछि स्थिति तनावपूर्ण बनेको छ। अवस्था नियन्त्रण बाहिर जाने संकेत देखिएपछि जिल्ला प्रशासन कार्यालय बाराले कर्फ्यु आदेश जारी गरेको छ।

प्रशासनका अनुसार कर्फ्यु आदेश जारी भएपछि आवतजावतमा कडा निगरानी राखिएको छ भने सुरक्षाकर्मीहरूलाई सतर्क रहन निर्देशन दिइएको छ।

प्रकाशित: ३ मंसिर २०८२ १३:२९ | Wednesday, November 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast