एकीकृत समाजवादी पुनर्गठन अभियानले के गर्‍यो निर्णय?

हिमाल प्रेस ३० कार्तिक २०८२ ११:१३ | Sunday, November 16, 2025
72
SHARES
एकीकृत समाजवादी पुनर्गठन अभियानले के गर्‍यो निर्णय?

काठमाडौँ- नेकपा एकीकृत समाजवादी पुनर्गठन अभियान केन्द्रीय कमिटी बैठकले संगठन विस्तार र राजनीतिक घोषणापत्रका बारेमा छलफल गरेको छ।

संयोजक घनश्याम भुसालको अध्यक्षतामा शनिबार बसेको बैठकले संगठन विस्तारदेखि राजनीतिक घोषणापत्रसम्बन्धी तयारी लगायतमा विषयमा छलफल गरेको प्रचार विभाग प्रमुख दामोदर अर्यालले जानकारी दिए।

अर्यालका अनुसार बैठकमा प्रस्तुत राजनीतिक घोषणापत्र र विधानका प्रारम्भिक खाकाबारे विस्तृत छलफल भएको थियो। छलफलमा उठेका बुँदाहरू समेटेर संयोजकले आगामी बैठकमा राजनीतिक घोषणा पत्र तथा विधानको मस्यौदा पुनः प्रस्तुत गर्ने निर्णय बैठकले गरेको छ।

पुनर्गठन अभियानमा सहभागी नेकपा एकीकृत समाजवादीका जिल्ला तथा स्थानीय कमिटीहरूलाई सकेसम्म चाँडो व्यवस्थित तथा विस्तार गर्ने निर्णय गरेको अर्यालको भनाइ छ।

मंसिर पहिलो साता राष्ट्रिय भेलाको आयोजना गर्ने तयारीमा रहेको अभियानले कम्युनिस्ट, समाजवादी, प्रगतिशील तथा देशभक्त शक्तिहरूसँग सहकार्यका लागि छलफल गर्न संयोजकलाई भुसाललाई जिम्मा दिने निर्णय पनि गरेको छ।

प्रकाशित: ३० कार्तिक २०८२ ११:१३ | Sunday, November 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast