काठमाडौँ- नेकपा एकीकृत समाजवादीका नेता किसान श्रेष्ठले आफूहरू नेकपा एमालेमै निःशर्त फर्किन लागेको बताएका छन्। उनले एमालेलाई ‘मूल घर’ भन्दै अब एकता वा समायोजन नभई आफ्नै घर फर्किने बताएका हुन्।
काठमाडौँको होटल बसेरामा पत्रकार सम्मेलन गर्दै नेता श्रेष्ठले भने,‘हामीलाई केही चाहिएको छैन, मूल घरमा हाँसेर बोलिदिए र सम्मानजनक व्यवहार गरे पुग्छ। हामी नि:शर्त घर फर्किन चाहन्छौं, त्यसका लागि अनुकूल वातावरण बनाइदिन अनुरोध गर्छौं।’
श्रेष्ठसँगै नेतृ रामकुमारी झाँक्रीसहितका केही नेता पनि एमाले फर्किने तयारीमा छन्।
प्रकाशित: १९ कार्तिक २०८२ १०:५०
प्रतिक्रिया



