चुनावमा युवाहरूलाई अवसर दिन्छौँ : प्रचण्ड

हिमाल प्रेस ६ मंसिर २०८२ १७:२४ | Saturday, November 22, 2025
10
SHARES
चुनावमा युवाहरूलाई अवसर दिन्छौँ : प्रचण्ड नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’/फाइल तस्बिर

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशलाई कमजोर पार्ने खेलहरु चलिरहेको बताएका छन्।

शनिबार नेपाली कम्युनिस्ट पार्टी कार्यालय पेरिसडाँडामा आयोजित जेनजीसँग नेकपा विषयक अन्तरसंवाद कार्यक्रममा प्रचण्डले राष्ट्रिय स्वाधिनता, भौगोलिक अखण्डता, सार्वभौमिकतालाई कमजोर पार्ने खेलहरु चलिरहेको भन्दै राष्ट्र पहिलो भन्न भावनाका साथ सबै पुस्ताका नेपालीहरु एकजुट भएर राष्ट्र बनाउने कुरामा उच्च प्राथमिकता दिन जरुरी रहेको बताए।

जेनजीका विचार, एजेण्डा र शक्तिलाई एकसाथ अघि बढाएर नेपाली र नेपाललाई विजय गराउनुपर्ने उनले बताए। त्यस्तै प्रचण्डले युवाहरुलाई वैचारिक, राजनीतिक, भावनात्मक रुपमा नयाँ नेपालको नयाँ नेतृत्वका रुपमा तयार पार्ने र आउने चुनावमा धेरै भन्दा धेरै युवाहरुलाई अवसर दिने बताए।

प्रचण्डले जेनजी युवा पुस्ताहरुले मुलुकको सुशासनका लागि लिएको पहलकदमीले देशलाई नयाँ चेतनातर्फ अघि बढ्न उत्प्रेरित र बाध्य बनाएको उल्लेख गरे। कार्र्यक्रममा प्रचण्डले केही युवाहरुलाई पार्टी प्रवेश गराएका थिए।

प्रकाशित: ६ मंसिर २०८२ १७:२४ | Saturday, November 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast