धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

हिमाल प्रेस २८ कार्तिक २०८२ १९:५६ | Friday, November 14, 2025
68
SHARES
धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

काठमाडौँ- धनुषामा गोली हानेर वडाध्यक्षको हत्या भएको छ। धनुषाको मिथिलाबिहारी नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष विन्देश्वरप्रसाद यादवको हत्या भएको हो।

शुक्रबार साँझ आफ्नै वडा अन्दुपट्टी कटरैतमा रहेकाबेला विन्देश्वरको हत्या भएको नगरपालिका प्रमुख राजेन्द्रप्रसाद यादवले बताए। उनका अनुसार वडाध्यक्ष विन्देश्वरको घटनास्थलमै मृत्यु भएको थियो।

आपसी रिसिइवीका कारण गाउँकै एक जनाले विन्देश्वरलाई गोली हानेर हत्या गरेको बताइएको छ।

२०७९ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्रबाट वडाध्यक्षमा निर्वाचित भएका उनी पछिल्लो समय एमाले प्रवेश गरेका थिए।

प्रकाशित: २८ कार्तिक २०८२ १९:५६ | Friday, November 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast