राष्ट्रिय परिचयपत्रबाट मतदाता नामावली संकलनले सहज, घट्न थाल्यो चाप

हिमाल प्रेस ३० कार्तिक २०८२ १५:३१ | Sunday, November 16, 2025
12
SHARES
राष्ट्रिय परिचयपत्रबाट मतदाता नामावली संकलनले सहज, घट्न थाल्यो चाप

काठमाडौँ- राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि मतदाता नामावली संकलन सुरु गरेसँगै निर्वाचन कार्यालय पुगेर नामावलीमा नाम दर्ता गर्नेको संख्या घटेको छ।

मतदाता नामावलीका निर्वाचन कार्यालयमा चाप बढेपछि निर्वाचन आयोगले राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि मतदाता नामावली संकलनको व्यवस्था गरेको थियो। त्यसपछि कार्यालय पुगेर नामावलीमा नाम दर्ता गर्नेको संख्या कम भएको काठमाडौँका जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले जानकारी दिए। उनले राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि मतदाता नामावली संकलन सुरु गरेपछि नयाँ मतदाताको संख्या वृद्धि हुन थालेको बताए।

निर्वाचन घोषणा भइसकेपछि मुलुकभर २ लाख ८५ हजार भन्दा बढीले निर्वाचन कार्यालय पुगेर मतदाता नामावली दर्ता गरिसकेको उनले जानकारी दिए। त्यस्तै राष्ट्रिय परिचयपत्र प्रयोग गरेर तीन दिनको अवधिमा दुई लाख भन्दा बढीले नाम दर्ता गराएको उनले बताए।

आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्ष्य गरेर आयोगले मतदाता नामावली र अद्यावधिक कार्य सञ्चालन गरेको हो।

निर्वाचन आयोगले यसअघि कात्तिक ३० गतेसम्म नाम दर्ता गराउन सकिने व्यवस्था गरेकोमा पाँच दिन समय बढाउँदै आगामी मंसिर ५ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने व्यवस्था गरेको छ।

प्रकाशित: ३० कार्तिक २०८२ १५:३१ | Sunday, November 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast