मतदाता नामावली उत्साहपूर्वक संकलन गरिँदै

हिमाल प्रेस २९ कार्तिक २०८२ १३:२८ | Saturday, November 15, 2025
4
SHARES
मतदाता नामावली उत्साहपूर्वक संकलन गरिँदै जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामावली दर्ताका लागि लागेको लाम। तस्बिर : हिमालप्रेस

काठमाडौँ- राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि मतदाता नामावली संकलन सुरु गरेपछि नयाँ मतदाताको संख्या उत्साहजनक रूपमा वृद्धि हुन थालेको छ ।

सम्बन्धित निर्वाचन कार्यालयमा नामावली दर्ता गराउँदै आएको आयोगले चाप व्यवस्थापन गर्न यही कात्तिक २७ गतेदेखि राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि जैविक विवरण (फोटो तथा औँठाछाप) दिन सकिने व्यवस्था गरेपछि परिचयपत्र बनाउनेको संख्या बढेको छ।

आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्ष्य गरेर आयोगले मतदाता नामावली र अद्यावधिक कार्य सञ्चालन गरेको हो। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार राष्ट्रिय परिचयपत्र प्रयोग गरेर कात्तिक २९ गते राति ९ः०० बजेसम्म ५० हजार २१७ पुरूष, ३० हजार २३५ महिला र चार अन्यगरी ८० हजार ४५६ नयाँ मतदाता थपिएका छन्।

योसँगै निर्वाचन घोषणा भएपछि दर्ता भएका मतदाताको संख्या दुई लाख ८१ हजार १२९ पुगेको छ । आयोगले आज पनि नामावली दर्ता जारी राखेको छ ।

प्रकाशित: २९ कार्तिक २०८२ १३:२८ | Saturday, November 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast