विवाह पञ्चमी महोत्सव : जनकपुरधामका सबै विद्यालय तीन दिन बन्द

हिमाल प्रेस ७ मंसिर २०८२ १७:१९ | Sunday, November 23, 2025
32
SHARES
विवाह पञ्चमी महोत्सव : जनकपुरधामका सबै विद्यालय तीन दिन बन्द

जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिकाले मर्यादा पुरुषोत्तम श्रीराम र माता जानकीको शुभ विवाह पञ्चमी महोत्सवको अवसरमा तीन दिनका लागि सबै सामुदायिक तथा संस्थागत विद्यालय बन्द रहने जानकारी दिएको छ।

उपमहानगरको शिक्षा, युवा तथा खेलकुद विकास शाखाले जारी गरेको सूचना साेमबारदेखि बुधबारसम्म विद्यालय बन्द रहनेछ।

यसवर्ष पनि जनकपुरधाममा आयोजना हुने विवाह पञ्चमी महोत्सवमा देशविदेशबाट ठूलो संख्यामा भक्तजन आउने भएकाले उनीहरूका लागि बास, शौचालय तथा पिउने पानीको व्यवस्था मिलाई सहयोग गर्न विद्यालय र सम्बन्धित निकायहरूलाई नगरपालिकाले आग्रह गरेको छ।

प्रकाशित: ७ मंसिर २०८२ १७:१९ | Sunday, November 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast