बेमौसमी वर्षा : दुई अर्बभन्दा बढीको क्षति

हिमाल प्रेस २३ कार्तिक २०८२ १२:४६
4
SHARES
बेमौसमी वर्षा : दुई अर्बभन्दा बढीको क्षति अविरल वर्षाका कारण भासिएको जोमसोम–कागबेनी सडक। जोमसोमदेखि मुक्तिनाथ र जोमसोमदेखि कोरलानाका जाने सवारीसाधन सडक भासिदा जोमसोममै रोकिएका छन्। तस्बिर:सुन्दरकुमार थकाली/रासस

विराटनगर- अविरल वर्षाबाट कोशी प्रदेशमा कूल दुई अर्ब पाँच करोड ४३ लाख ६७ हजार मूल्य बराबरको धानमा क्षति भएको कृषि विकास निर्देशनालय विराटनगले जनाएको छ। कोशी प्रदेशमा कात्तिकको पहिलो हप्तादेखि १७ गतेसम्म अविरल वर्षा भएको थियो ।

जसमा अविरल वर्षाकै कारण सुनसरीमा २०० हेक्टर जग्गामा लगाइएको दुई हजार मेट्रिक टन अर्थात् चार करोड बराबरको तरकारीमा क्षति पुगेको निर्देशालयका सूचना अधिकारी पूर्णमाया गुङले जानकारी दिए।

सूचना अधिकारी गुङका अनुसार झापामा चार हजार ३६४ हेक्टर, मोरङमा तीन हजार ४२१ हेक्टर, सुनसरीमा दुई हजार ८५१ हेक्टर, उदयपुरमा ३२३ हेक्टर, इलाममा २६८ हेक्टर, पाँचथरमा १४४ हेक्टर, ताप्लेजुङमा १२० हेक्टर, धनकुटामा ११८ हेक्टर, तेह्रथुममा १५७ हेक्टर, भोजपुरमा २५० हेक्टर, खोटाङमा २०० हेक्टर, ओखलढुङ्गामा ७६ हेक्टर, सोलुखुम्बुमा १५ हेक्टर र संखुवासभामा १२५ हेक्टर जग्गामा लगाइएको धानबालीमा वर्षाले क्षति पुगेको छ।

कोशी प्रदेशमा कूल दुई लाख ६८ हजार ७६५ हेक्टर जग्गामा धानबाली लगाइएको थियो जसमा १२ हजार ४३२ हेक्टर धानबाली र २०० हेक्टर तरकारी बालीमा बेमौसमी वर्षाले क्षति पुर्‍याएको जनाइएको छ।

जिल्लागत पमा मोरङमा ७८ करोड ११ लाख ५६ हजार, सुनसरीमा ४५ करोड ३१ लाख ७२ हजार, उदयपुरमा चार करोड, उदयपुरमा चार करोड ६२ लाख ५३ हजार, इलाममा तीन करोड २१ लाख ४१ हजार, पाँचथरमा एक करोड २२ लाख १७ हजार, ताप्लेजुङमा एक करोड २२ लाख ४३ हजार, धनकुटामा एक करोड ३९ लाख ४० हजार, तेह्रथुममा एक करोड ३३ लाख २० हजार, भोजपुरमा दुई करोड ६४ लाख ९२ हजार, खोटाङमा एक करोड ६१ लाख १० हजार, ओखलुढुङ्गामा ६८ लाख दुई हजार, सोलुखुम्बुमा १४ लाख ६६ हजार र संखुवासभामा एक करोड ११ लाख ८७ हजार मूल्य बराबरको धानबालीमा नोक्सानी भएको हो ।

प्रकाशित: २३ कार्तिक २०८२ १२:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast