एनआरएनएका दुई समूहबीच एकता

हिमाल प्रेस १४ मंसिर २०८२ १५:०९ | Sunday, November 30, 2025
26
SHARES
एनआरएनएका दुई समूहबीच एकता

काठमाडौँ– गैरआवासीय नेपाली संघ (एनआरएनए) बीच एकता घोषणा भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार प्रधानमन्त्री सुशीला कार्की र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको उपस्थितिमा एनआरएनएको एकतासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

११ औँ महाधिवेशनबाट निर्वाचित डा. बद्री केसी र अध्यक्ष महेश श्रेष्ठबीच बृहत एकताको सम्झौतामा हस्ताक्षर भएको छ। सञ्चारमन्त्री खरेलको विशेष पहल र अग्रसरतामा एनआरएनका दुई समूहबीच एकता कायम भएको हो।

सहमति पत्रमा ११ औँं अन्तर्राष्ट्रिय महाधिवेशनबाट निर्वाचित कार्यसमितिका अध्यक्ष बद्री केसी र एकताको महाधिवेशनबाट निर्वाचित कार्यसमितिका अध्यक्ष महेशकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन्।

सञ्चारमन्त्री खरेलले बृहत एकतालाई दिगो बनाउन आग्रह गरे।

एनआरएनएका अध्यक्ष केसीले एनआरएनएबीचको एकताले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सकारात्मक सन्देश दिएको भन्दै नेपालको आर्थिक विकासमा सक्रिय ढंगले लाग्ने प्रतिबद्धता जनाए। उनले एनआरएनएलाई अब राजनीतिक कोणबाट कहिल्यै विभाजन नहुनेगरी कानुनी व्यवस्था हुनुपर्नेमा जोड दिए।

एनआरएनए पछिल्लो केही वर्षदेखि केसी र श्रेष्ठको नेतृत्वमा क्रियाशील रहँदै आएकामा दुवै संस्थाको नेतृत्व दश बुँदे सहमति गर्दै एकताबद्ध भएका छन्। एकतापछि अबको चार महिनाभित्र १२ औँं महाधिवेशन गर्ने सहमति जुटेको छ।

प्रकाशित: १४ मंसिर २०८२ १५:०९ | Sunday, November 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast