तोडफोड र आगजनीको बलमा बनेको असंवैधानिक सरकारसँग एमाले झुक्दैन : ओली

हिमाल प्रेस २१ कार्तिक २०८२ १७:४१
10
SHARES
तोडफोड र आगजनीको बलमा बनेको असंवैधानिक सरकारसँग एमाले झुक्दैन : ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई संवैधानिक बाटोमा फर्काउन संसद् पुन: स्थापना हुनैपर्ने बताएका छन्।

एमाले शिक्षा तथा मानवस्रोत विभागले शुक्रबार काठमाडौँमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा ओलीले वर्तमान सरकारले असंवैधानिक तवरले प्रतिनिधिसभा विघटन गरेको भन्दै देशलाई संवैधानिक बाटोमा फर्काउन संसद पुन: स्थापना हुनैपर्ने बताएका हुन्।

उनले विघटित प्रतिनिधिसभाको पुन:स्थापनाको मागका साथ सबै आन्दोलित हुनुपर्ने र संसद् पुन:स्थापनाको मागलाई तीव्र बनाउनुपर्नेमा जोड दिए। उनले वर्तमान सरकार गठनका समयमा पनि आफूले संवैधानिक तवरबाट अघि बढ्न राष्ट्रपतिलाई पत्र लेखेको उल्लेख गरे।

सरकार गठनका लागि शीतल निवासमा भएको छलफलमा एमालेका कुनै प्रतिनिधि सहभागी नभएकाले पूर्व प्रधान्यायाधीशको नेतृत्वमा सरकार गठन र प्रतिनिधिसभा विघटनमा एमाले पूर्ण आपत्ति रहेको उनले बताए।

अध्यक्ष ओलीले तोडफोड र आगजनीको बलमा निर्माण भएको सरकारको पछिल्लो गतिविधि समेत असंवैधानिक रहेको आरोप लगाए। उनले बेठिक तत्वसँग नझुकेको एमाले दुई दिनको आन्दोलनको बलमा निर्माण भएको असंवैधानिक सरकारसँग समेत नझुक्ने तर्क गरे।

प्रकाशित: २१ कार्तिक २०८२ १७:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast