काठमाडौँ- नेकपा एमालेको जनवर्गीय संगठनमा युथ भोलेन्टियर्स फोर्स थपिने भएको छ।
आइतबार भक्तपुरमा अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा एमाले जनसंगठन समन्वय संयन्त्रले आयोजना गरेको भेलाले आगामी मंसिर ५ गते युथ भोलेन्टियर्स फोर्स घोषणा गर्ने निर्णय गरेको हो।
एमालेको पोलिटब्युरो सदस्य महेश बस्नेतले मंसिर ५ गते काठमाडौँमा युवाहरुलाई सडकमा उतार्दै युथ भोलेन्टियर्स फोर्सको केन्द्रीय कमाण्डका साथै विधानको घोषणा गर्ने जानकारी दिए। युथ भोलेन्टियर्स
फोर्सलाई पार्टीका साथै देश निर्माणमा परिचालन गरिने उनले बताए।
उनले पार्टीको निर्णयअनुसार संसद पुनः स्थापनाका लागि सडक आन्दोलन गर्ने उल्लेख गरे। वास्तविक जेनजी युवाहरुसँग नियमित संवादमा रहेको जानकारी दिँदै बस्नेतले भ्रष्टाचार नियन्त्रण लगायतका मागलाई पूरा गर्नका लागि लाग्ने बताए।
बस्नेतले पार्टीको महाधिवेशनबाट अध्यक्षको रुपमा केपी ओलीलाई नै चयन गर्ने दाबी गरे।
महाधिवेशनमा निर्वाचनका लागि प्रतिपष्र्धा गर्ने छुट भएको भन्दै महाधिवेशन प्रतिनिधिले विवेकको प्रयोग गर्दै ओलीलाई नै अध्यक्षमा चयन गर्ने उनले बताए।



