बुटवल– नेकपा एमाले रूपन्देहीले शनिबार बुटवलमा र्याली निकालेको छ । जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकार असंवैधानिक रहेको भन्दै संसद पुनर्स्थापनाको माग गर्दै एमालेले प्रदर्शन गरेको हो।
बुटवल राजमार्ग चौराहादेखि सुरू भएको र्याली ट्राफिकचौकमा सभामा परिणत भएको थियो। एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेले संविधान र लोकतन्त्र रक्षाका लागि प्रर्दशन गरेको बताए।
बिहान ११ बजे राजमार्ग चौराहाबाट र्याली सुरू हुने भनिए पनि साढे १२ बजेमात्रै सुरू भएको थियो। प्रर्दशनमा प्रचार गरिए भन्दा न्यून मानिसहरूको उपस्थिति रहेको छ।
प्रकाशित: २९ कार्तिक २०८२ १७:०५ | Saturday, November 15, 2025
प्रतिक्रिया





