गुण्डुमा बस्दैछ एमालेको सचिवालय

हिमाल प्रेस १५ कार्तिक २०८२ ९:१२
14
SHARES
गुण्डुमा बस्दैछ एमालेको सचिवालय एमाले सचिवालय बैठक। फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेको सचिवालय बैठक शनिबार बस्दैछ। बैठक बिहान ११ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बस्ने पार्टी कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए।

महाधिवेशनसँग सम्बन्धित छलफल गर्न बैठक बोलाइएको हो। अधिकारीका अनुसार मंसिर २७-२९ गतेसम्म पोखरामा हुने ११ औँ महाधिवेशनका लागि छनोटको विधि र संख्याबारे निर्णय हुनेछ। १० औँ महाधिवेशनका एक हजार पार्टी सदस्य बराबर तीन प्रतिनिधि छनोट गर्ने मापदण्ड बनाइएको छ।

यसपटक १२ सय बराबर तीन प्रतिनिधि छनोट गर्नेगरी सल्लाह भइरहेको छ। एमालेमा हाल ६ लाख ६३ हजार पार्टी सदस्य कायम छन्। यस्तै महाधिवेशनका लागि विभिन्न समिति तथा उपसमिति गठन र जनपरिचालनबारे आवश्यक निर्णय गर्नेछ। महाधिवेशनसँगै एमाले प्रतिनिधिसभा पुनःस्थापनाका लागि जनपरिचालनको योजना ल्याउने रहेको बताइएको छ ।

उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र सचिव पद्मा अर्यालले पोखराको वश्तुस्थितीका बारेमा बैठकमा रिर्पोटिङ गर्ने तयारी छ। बैठकले महाधिवेशन तयारीका लागि विभिन्न नेताहरुलाई जिम्मेवारी दिने सम्भावना छ। आगामी महाधिवेशन पोखरामा हुने निर्णय गरिएको छ।

बैठकमा महाधिवेशनको कार्यतालिका,प्रतिनिधीको संख्या, प्रतिनिधि छनौटको आधार आदि विषयमा छलफल हुने एक पदाधिकारीले जानकारी दिएका छन्।

बैठकमा सरकारले फागुन २१ गते गर्ने भनेको निर्वाचन,पछिल्ला राजनीतिक घटनाक्रम आदि विषयमा पनि छलफल हुने छ ।

प्रकाशित: १५ कार्तिक २०८२ ९:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast