एमाले नेता रिजाल भन्छन्- बालेनलाई गिरफ्तार नगरे अराजकता र मुठभेड बढ्छ

हिमाल प्रेस १६ कार्तिक २०८२ १०:५९
26
SHARES
एमाले नेता रिजाल भन्छन्- बालेनलाई गिरफ्तार नगरे अराजकता र मुठभेड बढ्छ

काठमाडौँ- नेकपा एमालेका नेता विष्णु रिजालले काठमाडौँ महानरपालिकाका मेयर बालेन साहलाई अविलम्ब गिरफ्तार नगरे देशमा अराजकता र मुठभेड बढ्न सक्ने टिप्पणी गरेका छन्।

नेपालमा गाँजा प्रतिबन्धित रहेको बताउँदै उनले गृहमन्त्री ओमप्रकाश अर्याललाई सिंहदरबार जलाउने बालेनलाई अविलम्ब गिरफ्तार गर्न माग गरेका छन्।

‘बालेन साहले हद नाघ्दै गएका छन् र देशमाथि खतरा बनिरहेका छन्। नेपालमा गाँजा प्रतिबन्धित छ,’ रिजालले सामाजिक सञ्जालमा लेखेका छन्,‘गृहमन्त्री ओमप्रकाश अर्यालले सिंहदरबार जलाउने मतियार बालेनलाई अविलम्ब गिरफ्तार गर्नुपर्छ। नत्र अराजकता र मुठभेड बढ्छ।’

प्रकाशित: १६ कार्तिक २०८२ १०:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast