एमाले नेता पौडेल भन्छन्- संसद् पुनर्स्थापना गरेर चुनावमा जानुपर्छ

हिमाल प्रेस १९ कार्तिक २०८२ १३:४५
16
SHARES
एमाले नेता पौडेल भन्छन्- संसद् पुनर्स्थापना गरेर चुनावमा जानुपर्छ

बुटवल- नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले संसद् पुर्नस्थापना गरेर संविधान संशोधनमार्फत ताजा जनादेशमा जानुपर्ने बताएका छन्। प्रेस चौतारी नेपाल रूपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा संविधान बचाउन संसद् पुर्नस्थापना गर्नुपर्ने बताएका हुन्।

उनले जेनजी पुस्ताको समेत माग सम्बोधन गर्ने र संविधान अनुसार मुलुक अगाडि बढाउन संसद् पुर्नस्थापना हुनुपर्ने बताए। ‘संसद् पुर्नस्थापना गर्ने, त्यसले संविधान संसोधन गरेर गैरदलीय सरकार बनाएर चुनावमा जान सकिन्छ,’ पौडेलले भने।

पूर्वअर्थमन्त्री समेत रहेका पौडेलले जेनजी आन्दोलनका क्रममा भदौ २३ गते भएको घटनाको छानबिन गरी दोषीलाई कारबाही हुनुपर्ने बताए। उनले भदौ २४ गते भएको आगजनी र विध्वंसको पनि छानबिन गरी कारबाही हुनुपर्ने बताए।

उनले जेनजीको माग सम्बोधन गर्ने पक्षमा एमाले रहेको बताए। साथै उनले अब आउने एमाले अधिवेशनले सर्वसम्मत नेतृत्व छान्ने बताए।

प्रकाशित: १९ कार्तिक २०८२ १३:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast