मधेशमा विपक्षी गठबन्धनविरुद्ध एमालेको धर्ना

हिमाल प्रेस २ मंसिर २०८२ १४:५३ | Tuesday, November 18, 2025
12
SHARES
मधेशमा विपक्षी गठबन्धनविरुद्ध एमालेको धर्ना मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई काममा अवरोध नगर्न दबाब दिँदै नेकपा एमालेले मंगलबार जनकपुरधामको जनकचोकमा दिएको धर्ना। तस्बिर : हिमालप्रेस

जनकपुरधाम- मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई काममा अवरोध नगर्न दबाब दिँदै नेकपा एमालेले धर्ना दिएको छ। एमालेका नेताकार्यकर्ताहरूले प्रदेश सरकारलाई कामकाज गर्न दिनुपर्ने माग गर्दै मंगलबार जनकपुरधामको जनक चोकमा धर्ना कार्यक्रम थालेका हुन्।

मुख्यमन्त्री नियुक्तिप्रति विरोध गर्दै विपक्षी सात दलीय गठबन्धनले आन्दोलन गरिरहेकै बेला एमालेले पनि धर्ना दिएको छ। यादव एमालेबाट मुख्यमन्त्री बनेका हुन्। यादवलाई असंवैधानिक तरिकाले नियुक्त गरिएको दाबी गर्दै विपक्षी सातदलीय गठबन्धनले कात्तिक २३ गतेदेखि निरन्तर धर्ना जारी राख्दै आएको छ।

एमाले कार्यकर्ताहरूले धर्नामा प्रदेश सरकार काम गर्न देऊ, असंवैधानिक क्रियाकलाप बन्द गर सहितका नाराबाजी गरेका छन्। धर्नामा बसेका एमाले महोत्तरीका अध्यक्ष बलिराम यादवले मुख्यमन्त्री नियुक्तिको विषयमा अदालतमा मुद्दा चलिरहेका बेला बेला विपक्षी दलले मन्त्रालयहरूमा तालाबन्दी र धर्ना दिई गैरसंवैधानिक कार्य गरिरहेको आरोप लगाए। उनले भने, ‘प्रदेशमा निरन्तर अवरोध र राजनीतिक विवादका कारण विकास निर्माण तथा सेवा प्रवाहमा अवरोध उत्पन्न भएको छ।’

प्रकाशित: २ मंसिर २०८२ १४:५३ | Tuesday, November 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast