मधेशमा एमालेलाई ठूलो धक्का लागेको छ : योगेश भट्टराई

हिमाल प्रेस ४ मंसिर २०८२ ९:१३
14
SHARES
मधेशमा एमालेलाई ठूलो धक्का लागेको छ : योगेश भट्टराई

काठमाडौँ- नेकपा एमालेका सचिव योगेश भट्टराईले मधेश प्रदेशमा नेकपा एमालेलाई ठूलो धक्का लागेको बताएका छन् । पार्टीको सार्वजनिक छविमा गम्भीर प्रश्न उठ्नु राम्रो नभएको उनले बताए।

सामाजिक सञ्जालमार्फत प्रश्न गरेका छन्, ‘आज मधेश प्रदेशको संसदीय फाँटमा नेकपा एमालेलाई ठुलो धक्का लागेको छ। पार्टीको सार्वजनिक छविमा गम्भीर प्रश्न उठेका छन्। प्रदेश प्रमुखको बर्खास्ती भएको छ। सभामुख पदमुक्त हुनुभएको छ। मुख्यमन्त्री पद अदालतको कठघरामा छ। राजनीतिक रूपमा हामी एक्लिएका छौँ। पार्टीभित्र अन्तरविरोध तिब्र बनेको छ। यो सबै किन र कस्का कारणले भयो?’

भट्टराई थप लेख्छन्, ‘मधेशमा स्वयम् पार्टी अध्यक्षले गर्नु भएको मेहनतमाथि किन, कस्ले र केका लागि खेलवाड गरियो? यि तमाम विषयमा गम्भीर समीक्षा हुनु पर्दछ । सोसल अडिटमा हाम्रो पार्टीको अवस्था कस्तो छ? पार्टीको जनआधार बिस्तार गर्न, आन्तरिक एकतालाई सुदृढ गर्न, पार्टीको सामाजिक छविलाई सुधार गर्न मधेसमा नयाँ जिम्मेवारीका साथ जानु पर्दछ । यस विषयमा गम्भीर भएर बिचार गर्न पार्टी अध्यक्ष कमरेडलाई निवेदन गर्दछु।’

मधेसमा एमाले
२०७२ साल असोज ३ गते तत्कालिन संविधानसभाले नेपालको संविधान जारी गरेपछिका केहि वर्ष मधेस प्रदेशमा नेकपा एमालेका लागि कठिन समयका रूपमा रहयो । एमालेमाथि विभिन्न शक्तिहरूले धावा बोले । पार्टीका नेता तथा कार्यकर्तालाई निसाना साधियो । पार्टी कार्यालय लगायत व्यक्तिका भौतिक सम्पत्तिमाथि पटक/ पटक आक्रमण गरियो । सिंगो पार्टी र विशेष गरी मधेसमा रहेको पार्टी नेतृत्व, कार्यकर्ता र शुभेच्छुकहरूको अथक मेहनत तथा अठोटका कारण गएको संसदीय र स्थानीय निर्वाचनमा मधेस प्रदेशमा पार्टीले उल्लेख्य प्रगति गर्यों । नेकपा एमालेले आफूलाई पुनर्स्थापित गर्यों । प्रतिनिधिसभाको प्रत्यक्षमा १० सिट र प्रदेशसभामा २५ सिट सहित एमाले पहिलो पार्टी बन्यो । अंतिम बेलामा प्रभु साहजीले घात नगरेको भए र उम्मेदवार छनोटमा अली ध्यान पुर्याऊँन सकेको भए परिणाम अझ राम्रो हुने थियो । मधेसमा पार्टीलेप्राप्त गरेको यो उपलब्धिको मुख्य श्रेय पार्टी अध्यक्ष केपी ओलीलाई नै जांन्छ । वहाँले मसिनो ढंगले मधेसको कामको व्यवस्थापन तथा ब्यक्ति/ व्यक्तिको खटन/ पटन गर्नु भएको थियो । पार्टी सचिब रघुवीर महासेठ, अन्य केन्द्रीय नेताहरू लगायत तहगत कमिटीको समेत भूमिका रहेको कुरा अवगत नै छ ।
यसविचमा मैले करिब १५ महिना मधेस प्रदेशको इंचार्जको भूमिका निर्वाह गरे । त्यस अवधिमा आगामी निर्वाचनमा अझ राम्रो परिणाम ल्याऊँन मुलत संगठन व्यवस्थापनको काममा केन्द्रित भएका थियौ । प्रदेश अधिवेशन, जिल्ला अधिवेशन, सदस्यताको व्यवस्थापन, जानसंगठनको व्यवस्थापन लगायतमा राम्रो प्रगति भएको कुरा स्वयम् पार्टी अध्यक्ष र महासचिवका प्रतिवेदनमा लेखिएको छ ।

मधेसमा रहेको जातीय विभेद, महिला हिंसा, दलित समुदायप्रतिको विभेदकारी व्यवहार तथा वर्गीय उत्पीडनका विरुद्ध सामाजिक न्याय र समानताको आन्दोलनमा नेकपा एमालेले गरेको वैचारिक नेतृत्व, सरकारमा रहेर भौतिक पूर्वाधारको विकास तथा मानव संसाधनमा पार्टीले गरेको योगदान, हिमाल, पहाड़ र तराई/ मधेसको भौगोलिक तथा सामाजिक एकताका लागि नेकपा एमालेले निर्माण गरेको जागरण नै मधेसमा पार्टीको जनआधार बिस्तारमा मुख्य पक्ष हुन भने अर्कोतिर भूमिगतकालमा समेत मधेसका आधारभूत वर्गको बलियो समर्थन पार्टीका पक्षमा रहेको थियो । त्यतिवेला जनतासंग एकाकार भएर पार्टी निर्माणमा नेतृत्व गर्ने ईश्वर पोखरेल लगायतका नेताहरूलाई यसको श्रेय जान्छ ।

आज मधेश प्रदेशको संसदीय फाँटमा नेकपा एमालेलाई ठुलो धक्का लागेको छ । पार्टीको सार्वजनिक छबिमा गम्भीर प्रश्न उठेका छन । प्रदेश प्रमुखको बर्खास्ती भएको छ । सभामुख पदमुक्त हुनुभएको छ : यद्यपि यसको संबैधानिक तथा संसदीय प्रक्रियाको न्यायिक परीक्षण हुनेनै छ) । मुख्यमन्त्री पद अदालतको कठघरामा छ । राजनीतिक रूपमा हामी एक्लिएका छौ । पार्टीभित्र अन्तरबिरोध तिब्र बनेको छ । यो सबै किन र कस्का कारणले भयो?
मधेसमा स्वयम् पार्टी अध्यक्षले गर्नु भएको मेहनतमाथि किन, कस्ले र केका लागि खेलवाड़ गरियो? यि तमाम विषयमा गंभीर समिक्षा हुनु पर्दछ । सोसल अडिटमा हाम्रो पार्टीको अवस्था कस्तो छ ? पार्टीको जनआधार बिस्तार गर्न, आन्तरिक एकतालाई सुदृढ़ गर्न, पार्टीको सामाजिक छवीलाई सुधार गर्न मधेसमा नयाँ जिम्मेवारीका साथ जानु पर्दछ । यस विषयमा गंभीर भएर बिचार गर्न पार्टी अध्यक्ष कमरेडलाई निवेदन गर्दछु ।

प्रकाशित: ४ मंसिर २०८२ ९:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast