एमाले महासचिवको प्रश्न- प्रधानमन्त्री गैरदलीय सरकार भन्ने, मन्त्री पार्टी गठन गर्ने?

हिमाल प्रेस २८ कार्तिक २०८२ ९:१० | Friday, November 14, 2025
20
SHARES
एमाले महासचिवको प्रश्न- प्रधानमन्त्री गैरदलीय सरकार भन्ने, मन्त्री पार्टी गठन गर्ने?

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री सुशीला कार्कीको ‘गैरदलीय सरकार गठन गरेको’ दाबीप्रति शंका व्यक्त गर्दै मन्त्रिपरिषद्‌का एक सदस्यको नैतिक वैधतामै प्रश्न उठाएका छन्।

पोखरेलका अनुसार प्रधानमन्त्रीले आगामी चुनावलाई निष्पक्ष बनाउन गैरदलीय सरकार गठन गरिएको दाबी गरे पनि आफ्नै पहलमा पार्टी गठन गरी चुनावमा सहभागी हुने घोषणा गरिसकेको व्यक्तिलाई मन्त्री पदमा राखिराख्नु उचित हुँदैन।

शुक्रबार पोखरेलले भने, ‘यदि यस्तो व्यक्ति मन्त्री पदमा बसिरहनु नै नैतिक दृष्टिले उपयुक्त छैन र प्रधानमन्त्रीको प्रतिबद्धतासँग मेल खाँदैन भने उनलाई अविलम्ब मन्त्री पदबाट बिदा गर्नुपर्ने होइन र?’

ऊर्जामन्त्री कुलमान घिसिङले ‘उज्यालो नेपाल’ नामको पार्टी निर्माण गरेका छन्।

प्रकाशित: २८ कार्तिक २०८२ ९:१० | Friday, November 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast