एमालेको महाधिवेशन काठमाडौँमा, देशभर एकैदिन प्रतिनिधि चयन गरिने

हिमाल प्रेस १५ कार्तिक २०८२ १८:२६
20
SHARES
एमालेको महाधिवेशन काठमाडौँमा, देशभर एकैदिन प्रतिनिधि चयन गरिने फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेले पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशन काठमाडौँमा आयोजना गर्ने निर्णय गरेको छ।

शनिबार पार्टी अध्यक्ष केपी ओली निवास गुण्डुमा बसेको एमाले सचिवालय बैठकले पार्टीको एघारौँ महाधिवेशन आगामी मंसिर २७ देखि २९ गतेसम्म पोखरामा गर्ने भनिएकोमा अब महाधिवेशनको स्थल परिवर्तन गर्दै काठमाडौँमा सोही मितिमा नै गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

बैठकले महाधिवेशनका लागि चुनिने प्रतिनिधिहरुको चयन प्रक्रिया निर्धारण गरेको छ। जस अनुसार ६ लाख ६७ हजार ६ सय ३० पार्टी सदस्यहरुबाट विभिन्न अनुपातमा प्रतिनिधि चयन गरिने उनले बताए। उनले आगामी मंसिर १३ गते शनिबार देशभर एकैपटक महाधिवेशन प्रतिनिधि चयन गर्ने जानकारी दिए।

ज्ञवालीले संघीय निर्वाचन क्षेत्रलाई आधार मानेर १२ सय पार्टी सदस्य बराबर १ जना महाधिवेशन प्रतिनिधि चयन हुने बताए। बैठकले विभिन्न उद्योगमा देखिएको विद्युत बक्यौता विवाद समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

प्रकाशित: १५ कार्तिक २०८२ १८:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast