‘एमालेले टोलटोलमा सुरक्षा दस्ता खटाउँछ, भदौ २३ र २४ को जस्तो घटना हुन दिइन्नँ’

हिमाल प्रेस २४ कार्तिक २०८२ १९:२३ | Monday, November 10, 2025
10
SHARES
‘एमालेले टोलटोलमा सुरक्षा दस्ता खटाउँछ, भदौ २३ र २४ को जस्तो घटना हुन दिइन्नँ’

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका नाममा देशमा महाविपत्ति ल्याउने काम भएको बताएका छन्।

नेकपा एमालेले सोमबार काठमाडौँमा आयोजना गरेको घर फर्क राष्ट्रिय अभियान शुभारम्भ कार्यक्रममा रामकुमारी झाँक्री, किसान श्रेष्ठ लगायतका नेतालाई स्वागत गर्दै ओलीले युवाहरूलाई एउटा परिस्थिति खडा गरेर मर्ने, मराउने काम भएको बताएका हुन्।

भदौ २३ र २४ को घटना सुनियोजित उपद्र भएको उनको भनाइ छ। अब एमालेले टोलटोलमा सुरक्षा दस्ता बनाएर यस्ता घटना हुन नदिने उनले बताए। दण्डहीनताका प्रवृत्तिले दीर्घकालीन प्रतिशोध जन्माउने कुरामा सचेत हुन उनले सरकारलाई चेतावनी दिए।

भदौ २३ र २४ को घटना सुनियोजित उपद्र भएको उनको भनाइ छ। अब एमालेले टोल टोलमा सुरक्षा दस्ता बनाएर यस्ता घटना हुन नदिने उनले बताए। दण्डहीनताका प्रवृत्तिले दीर्घकालीन प्रतिशोध जन्माउने कुरामा सचेत हुन उनले सरकारलाई चेतावनी दिए।

जेनजी आन्दोलनको नाममा देशलाई अँध्यारो बाटोमा लैजाने प्रयास भएको उनको भनाइ छ। यस्तो अवस्थामा देशलाई सही बाटोमा ल्याउन नेकपा एमालेलाई सुदृढ राष्ट्रिय शक्ति बनाउनु पर्छ भनेर धेरै नेता, कार्यकर्ताहरू एमालेमा फर्कनु भएको ओलीले बताए। यसले एमालेलाई थप ऊर्जा प्रदान गरेको ओलीले बताए।

हालै बनेको नेपाली कम्युनिस्ट पार्टीप्रति लक्षित गर्दै उनले सो पार्टी बुढाखाडा र वरीयता खोज्ने नेताहरूको मात्र पार्टी भएको टिप्पणी गरे। एमाले फर्किएका नेताहरूलाई एमालेले कुनै प्रलोभन नदेखाएको ओलीले बताए।

नेकपा एमालेको समृद्ध नेपाल सुखी नेपालीको गन्तव्य पूरा गर्न उनीहरू घर फकिएको ओलीले बताए।

प्रकाशित: २४ कार्तिक २०८२ १९:२३ | Monday, November 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast