एमाले निकट युवा संघको ‘युवा जागरण अभियान’ सुरु हुँदै

हिमाल प्रेस १ मंसिर २०८२ ११:०४ | Monday, November 17, 2025
6
SHARES
एमाले निकट युवा संघको ‘युवा जागरण अभियान’ सुरु हुँदै

काठमाडौँ- राष्ट्रिय युवा संघ नेपाल बागमतीको ‘युवा जागरण अभियान’ आज काठमाडौँमा घोषणा हुने भएको छ। कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा हुने भएको छ ।

बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा आयोजना हुने उक्त कार्यक्रम युवासम्बन्धी नीतिगत अभिमुखीकरण, नेतृत्व विकास र समाज परिवर्तनमा युवाको भूमिकाबारे केन्द्रित रहने आयोजकले जनाएको छ।

अभियानमा विभिन्न क्षेत्रका युवा, विद्यार्थी, सामाजिक अभियन्ता तथा एमाले निकट संगठनका प्रतिनिधिहरूले सहभागिता रहने छ। कार्यक्रमलाई अध्यक्ष ओली लगायतले सम्बोधन गर्ने कार्यक्रम छ।

प्रकाशित: १ मंसिर २०८२ ११:०४ | Monday, November 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast