कुलमानको उपस्थितिमा घोषणा गर्दै उज्यालो नेपाल पार्टी

हिमाल प्रेस १२ मंसिर २०८२ १४:५५ | Friday, November 28, 2025
16
SHARES
कुलमानको उपस्थितिमा घोषणा गर्दै उज्यालो नेपाल पार्टी कुलमान घिसिङ। फाइल तस्बिर

काठमाडौँ- उज्यालो नेपाल पार्टीले मंसिर १७ गते कुलमान घिसिङको उपस्थितिमा काठमाडौँमा घोषणासभा गर्ने भएको छ। काठमाडौँमा शुक्रबार पत्रकार सम्मेलन गर्दै सो पार्टीले पार्टीको नीति, उदेश्य र आगामी कार्यदिशा सार्वजनिक गर्न कुलमान घिसिङको उपस्थितिमा घोषणासभा गर्ने जनाएको हो।

घोषणासभामा उज्यालो नेपाल पार्टीको दीर्घकालीन दृष्टि, मूल उद्देश्य र विस्तृत घोषणापत्र–२०८२, औपचारिक रुपमा सार्वजनिक गरिने उज्यालो नेपाल पार्टीका प्रवक्ता राजु थापाले जानकारी दिए। उनका अनुसार पार्टीको मूल नारा ‘उज्यालो भविष्यका लागि उज्यालो नेपाल’ रहेको छ।

प्रवक्ता थापाले जेनजी आन्दोलनको मर्मअनुसार मुलुकलाई अघि बढाउन पार्टीले भूमिका केन्द्रित गर्ने बताए।

प्रकाशित: १२ मंसिर २०८२ १४:५५ | Friday, November 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast