यूएई राष्ट्रिय दिवस काठमाडौँमा मनाइयो, उपराष्ट्रपति यादव सहभागी

हिमाल प्रेस १४ मंसिर २०८२ ८:३४ | Sunday, November 30, 2025
14
SHARES
यूएई राष्ट्रिय दिवस काठमाडौँमा मनाइयो, उपराष्ट्रपति यादव सहभागी

काठमाडौँ- उपराष्ट्रपति रामसहायप्रसाद यादव संयुक्त अरब इमिरेट्स (यूएई) को ५४औँ राष्ट्रिय दिवसका अवसरमा शनिबार आयोजित विशेष समारोहमा सहभागी भएका छन्।

नेपालका लागि यूएईका राजदूत अबदुल्ला सइद मुवारक जरवान अल शाम्सीले आयोजना गरेको उक्त समारोहमा मन्त्रिपरिषद्का सदस्य, संवैधानिक अंगका प्रमुख, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका विशिष्ट श्रेणीका कर्मचारी, उद्योगपति, कामको सिलसिलामा यहाँ रहेका यूएईका नागरिक तथा वरिष्ठ सञ्चारकर्मीहरूको उपस्थिति थियो।

त्यस अवसरमा संक्षिप्त मन्तव्य व्यक्त गर्दै राजदूत अल शाम्सीले यूएई र नेपालबीचको सम्बन्ध आपसी सद्भाव, सम्मान र साझा हितमा आधारित रहेको तथा दुवै देश जलवायु परिवर्तन, विश्व शान्ति तथा आतंकवादविरुद्धको लडाइँमा एकै स्थानमा रहेका बताए।

२०७२ को भूकम्प, कोभिड-१९ महामारीका साथै बाढीपहिरोजस्ता प्राकृतिक विपत्तिका बेला नेपाललाई आफ्नो मुलुकले सहयोग गर्दै आएको उनले बताए।

यूएईमा रहेका धेरै नेपालीले नेपालका साथै आफ्नो मुलुकको आर्थिक विकासमा योगदान गरेका चर्चा गर्दै राजदूत अल शाम्सीले नवीकरणीय ऊर्जा, पर्यटन, भौतिक पूर्वाधार र मानव संशाधन विकासका क्षेत्रमा नेपाललाई मद्दत गर्दै आएको बताए।

प्रकाशित: १४ मंसिर २०८२ ८:३४ | Sunday, November 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast