अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु

हिमाल प्रेस १८ कार्तिक २०८२ ६:५३
4
SHARES
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु

अर्घाखाँची- अर्घाखाँचीको दुर्गाफाँटमा मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ।सोमबार साँझ भएको दुर्घटनामा अर्का एक युवक गम्भीर घाइते भएका छन्।

पाणीनी गाउँपालिका–३ दुर्गाफाँटमा निगालीबाट दुर्गाफाँटतर्फ आइरहेको ना ३६ प ३५०९ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक पाणिनी –४ निगालीका १८ वर्षीय गौतम बिक र सोही मोटरसाइकलमा सवार २४ वर्षीय सागर बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख दिवस जीसीले जानकारी दिए।

सोही मोटरसाइकलमा पछाडि सवार २५ वर्षीय सन्तोष घर्तीको गुल्मीको खज्र्याङमा रहेको अस्पतालमा उपचारपछि थप उपचारका लागि पाल्पा रेफर गरिएको छ। एउटै मोटरसाइकलमा तीन जना सवार रहेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। रासस

प्रकाशित: १८ कार्तिक २०८२ ६:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast